–श्याम स्मृत
काठमाडौं । सौन्दर्यकर्मी सौन्दर्य पेशाको भविश्य सुनौलो छ । यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ। जसको कारण हाल देशभरवाटै अहिले यस संवन्धी प्रशिक्षण लिन आउनेको संख्यामा पनि बृद्धि भएको खुलासा पूर्वको सौन्दर्यको तारा भनेर चिनिएकी सौन्दर्यकर्मी मैया विश्वकर्माले गरेकी छन्।

पूर्वी नेपालको झापा दमकमा जन्मी–हुर्केकी मैया विश्वकर्मालाई सौन्दर्यकलाको क्षेत्रमा सवैले माया गरेर माया भनेर वोलाउने गरेको छ। जसको कारण धेरैले मैया विश्वकर्मालाई मैया विश्वकर्मा भनेर त्यति चिन्ने गरेको छैन्। सवैले माया भन्दाभन्दै माया बनेकी मायाको मायाबी मायामा धेरैलाई व्युटीसियन तालिम अर्थात सौन्दर्यकलाको सीप सिकाएर रोजगार वनाउने कार्य गर्दैआएकी छन्।

१५ बर्षअघि पूर्वी नेपालको दमक झापामा सान व्युटीपार्लर तथा ट्रेनिङ सेन्टर खोलेर सौन्दर्यकला व्यवसायमा आएकी मायाको मायावी सौन्दर्यकला पूर्वी नेपालमा जमेको छ। पूर्वी नेपालको झापा देखि ताप्लेजुङ, उद्यपुरसम्ममा महिला दिदीबहिनीहरुलाई झापा प्राविधिक शिक्षालय तथा विभिन्न संघ–संस्थामार्फत तालिम प्रदान गर्ने कार्य पनि मायावाट हुदैआएको छ।

झापा प्राविधिक शिक्षालय मार्फत नै आफूले सौन्दर्यकला अर्थात व्युटीसियनको तालिम लिएर सीपवान वनेको कारण सोही शिक्षालय मार्फत आफूले जानेको सौन्दर्यकला सवै महिला दिदीबहिनीहरुलाई प्रदान गरेर रोजगार वनाउने एकमात्र लक्ष्य भएको कारण लागिपरेको जानकारी पनि मायाले दिएकी छन्। मनमा लागेको कुरालाई खुलेर भन्ने तथा लेख्ने कार्य पनि गर्दैआएकी मायाको अर्को सोच राजनीति पनि हो।

राजनीति मार्फत नेपाली जनतालाई राज गर्ने नभइकन उनीहरुको पिर–मर्का तथा समस्यालाई दूर गर्ने सामाजिक सेवा मार्फत राजनीतिमा लाग्ने सोच वोकेकी माया राजनीतिमा युवाहरुको नयाँ सोच तथा खोज आउन आवश्यक भएको भन्छिन्। नेपाली जनतालाई सही समाज सेवा गर्ने मूलभूत माध्यम राजनीति नै भएको कारण सानैदेखि समाजसेवा गर्ने चाहनालाई साकार रुप प्रदान गर्न पनि भोलिका दिनमा राजनीतिमा आउने सोच राखेकी उनको गन्तव्य सौन्दर्यकर्म नै हो। यसैवाट चिनिएको र यसैवाट रोजीरोटी दिएको कारण यसलाई कालान्तरसम्म पनि अंगाल्ने उनको स्पष्ट विचार पनि छ।

त्यसको मतलव कुनै महिला आरक्षण तथा दलित समुदायको आरक्षणमा आफू राजनीतिमा आउन नचाहेको प्रष्ट विचार राख्दै मानिसको जात मानिस मात्र हो, लिङको आधारमा महिला, पुरुष र तेश्रो लिङ्गी भनेर बर्गिकरण गरिएतापनि सवै मानिस नै हुन भनेर किटानीका साथमा मायाले भनेकी छन्। द हिमालयन मूभिजको आयोजनामा हिमानी सुव्वाव्दारा हालसालै आयोजित मिस व्युटीसियन २०२३ मा मिस व्युटीसियन नेपाल २०२३ बन्न सफल माया यो ताजले आफूलाई अझ जिम्मेवार वनाएको भन्छिन्। यस ताजले आफू र आफूभित्रको हिडन ट्यालेन्टको कदर भएको पनि उनले भनेकी छन्।

 मायाको विचारमा मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन । त्यसैले हिजोआज मेकअप आर्टिस्टको माग क्रमशः बढ्दो छ। पहिलेजस्तो होइन, अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । 
 अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेश व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ । ब्यबसायिक सौन्दर्यकर्मीको आम्दानि समेत मनग्य हुन्छ। यो पेशा घरमानै बसेर पनि गर्न सकिने भएकोले हजारौ महिला दिदी बहिनीहरुको रोजाइको पेशा भएको परिपेक्षमा सौन्दर्यकला पेशाको भविष्य सुनिश्चित छ।  यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन् । समाजसेवातर्फ पनि पाइला अघि बढ्न सहयोग मिल्ने गरेको छ।
  माया भन्छिन्– पन्ध्र बर्षमा मैले धेरैलाई स्वरोजगार र आत्मानिर्भर बनाएकी छु। सीपमूलक तालिमा दिएर सवैलाई सीपवान वनाउने कार्यमा मदत गरेकी छु। हातमा सीप हुने मान्छे कहिलेपनि भोकै बस्नु पर्दैन । सोही सीपको कारण उनीहरुको चुल्हो बाल्ने कार्यमा केही हदसम्म भएपनि मदत गर्न पाउंदा अत्यन्त आनन्द लागेको छ। मैले आजसम्म कमाएको मेरो धन सम्पति ख्याति जे भनेनि मेरो स्टुडेण्टहरु नै हुन्। सौन्दर्य–कला क्षेत्रमा लागेर मैले नयाँ नयाँ प्रबिधि हेर्ने र टेक्नोलोजीहरु सिक्ने मौका पाए। यही पेशामा लागेर सामाजिक कार्यमा सक्रिय भएकी छु । नारी सशक्तिकरणको बिषयमा महिला स्वरोजगार, आत्मानिर्भरताको बिषयमा आवाज उठाउन सक्ने भएकी छु।  यस अर्थमा पनि सौन्दर्य–कला क्षेत्रमा लागेर म सन्तुष्ट छु।
 उनले अगाडि भनिन्–मैले सयौं एकल महिला, पिडित, असाहय तथा निम्नाबर्गका महिला दिदीबहिनीहरुलाइ निःशुल्क सौन्दर्यकला तालिम प्रदान गर्दै आएको छु। धेरैलाइ रोजगारीको अवसर दिएको छु। म एकदम कोमल हृदयको महिला हुँ, अरुको दःुख पिडा देख्न सक्दिन। हामी सामाजिक प्राणी भएर जन्मेपछि समाजको लागि समेत ठोस योगदान पु-याउनु पर्छ जस्तो लाग्छ। तसर्थ मैले विभिन्न माध्यमबाट आफूले सक्ने सहयोग गर्दैआएकी छु।

(नामी साप्ताहिकवाट साभार)