काठमाडौं। काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणमा अत्यन्त व्यस्त बनिरहेका बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य निष्ठाको राजनीति गर्ने कर्मशील राजनीतिज्ञका रुपमा लिइने गरेको छ।

कसैको मन दुखाउन नचाहने सांसद राजेश शाक्य नेता मात्र नभइकन कुनैबेला अभिनेता पनि भएको खुलासा भएको छ। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठलाई भिजन संसार डटकमले चिनाउने गरेको सांसद शाक्यले आफूपनि विद्यार्थी कालमा नाटक खेल्न भनेपछि हुरुक्कै हुने गरेको खुलासा गरेको हो।

भिजन संसार डटकमलाई प्रतिक्रिया दिने क्रममा काठमाडौंको धोविचौर स्थित पब्लिक युथ क्याम्पसमा अध्ययनका क्रममा क्याम्पसको सझ्या साहित्य पालाले गर्ने नाटक मञ्चन कार्यक्रममा “ल्होँ “नामक नाटकमा मज्जाले हिरो भएर अभिनय गरेको त्यो क्षण तथा पललाई मज्जाले सम्झेका छन्।

“ल्होँ” पछि थप दुईवटा नाटकमा हिरो भएरै अभिनय गरेको सांसद शाक्यले बताएका छन्। त्यसपछिका दिनमा पनि अभिनय गर्ने मनभरिको चाहना भएतापनि राजनीति तथा समाज सेवामा लाग्दा लाग्दै फुर्सद नै नपाएको तितो यथार्थ पनि सांसद शाक्यले बताएका छन्।

नेपालभाषा लगायतका मातृभाषी चलचित्रहरुमा रुपेन्द्र श्रेष्ठ लगायतका धेरै कलाकारहरु व्यावसायिक रुपमा लागेर मातृभाषाको सेवा गर्दैगरेकामा खुशी तथा गौरबता व्यक्त गर्ने कार्य पनि सांसद शाक्यले गरेका छन्।

सुपरस्टार रुपेन्द्र श्रेष्ठले पनि सांसद शाक्य जस्ता लोकप्रिय नेताले आफूहरुलाई यसरी सम्मान सहित प्रोत्साहन दिएकोमा धन्यवाद सहित आभार व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७८ साल भाद्र १३ गते आइतवार ।