ललितपुर । नायक धीरेन शाक्यको स्टार क्रेज ‘मिसेस नेपाल ग्ल्याम २०२१’ मा पनि मज्जाले देखियो। ‘मिसेस नेपाल ग्ल्याम २०२१’की विजेता उर्मिला कार्कीलाई ताज पहिराउने क्रममा नायक धीरेन शाक्यको चाम नै बेग्लै रह्यो। स्टार भनेको स्टार नै हो।

हिजोका दिनमा जस्तो चाम भएजस्तै आजको दिनमा पनि धीरेन शाक्यको चाम नघटेको ‘मिसेस नेपाल ग्ल्याम २०२१’मा उपस्थित दर्शक तथा विजेताहरुको उनीप्रतिको आकर्षणले प्रमाणित गरेको थियो। दर्जर्नौ प्रतिस्पर्धीलाई पछि पार्दै चावहिलकी उर्मिला कार्कीले शिर्ष सहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, बेष्ट हेयर उपाधि समेत हात पारेकी थिइन ।

विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्ने आयोजर्कै ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले जनाएको छ। ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हालमा सम्पन्न प्रतियोगितामा फस्ट रनर अपको उपाधि रमिता यादब र सेकेन्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जिते ।

रमिता मस्ट डिसिप्लेन उपाधि समेत जित्दा सरिताले बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पारिन् । बवी शाह बेष्ट स्माईल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ बेष्ट फिगर, अन्जना खड्का बेस्ट डान्स, शोभा शाही बेष्ट कन्फिडेन्ट चुनिएका थिए।

विजेतालाई नायक धीरेन शाक्यको अलावा पूर्व महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्री चन्दा चौधरी, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्ता प्रीति कार्की लगायतले उपाधि र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशन मिति–२०७८ साल भाद्र १३ गते आइतवार ।