काठमाडौं। सायर नभैकन सायरी बन्दैन । त्यो सायरको सायरी ।। मन छुने भावना ।।। सायरी मनका यथार्थ भावना हो। त्यो मनको यथार्थ भावना पोख्ने सायर निष्ठाका राजनीति गर्दैआएका डा.अजयक्रान्ति शाक्य पनि हो भन्ने कमै मात्र थाहा छ।

बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले आफूभित्रको सायरको परिचय हाइड गरेर बसेको धेरै भएको छ। चुपचाप सायरी लेखेर मनको एक कुनामा थन्काउंदै आएका सायर डा.अजयक्रान्ति शाक्यको सायरी संग्रहलाई नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टले प्रकाशन गर्ने जिम्मेवारी वोकेपछि प्रकाशित हुने तर्खरमा रहेको छ।

डा.शाक्यको सायरीको नाम नै म मैन झै पग्लिरहे हो। यो सायरी संग्रहमा मनका अनेक तरंगलाई शव्दको माध्यमवाट सायरी वनाएर पोखेका छन्। जुन सवैको लागि मन छुने सायरी वन्ने निश्चित छ। डा.शाक्य सवैको मन छुने सायर बन्ने पक्का भएको छ।

यिनै निष्ठाका सायर राजनीतिज्ञ डा.अजयक्रान्ति शाक्यका संग्रहित सायरी “म मैन झै पग्लिरहे” पुस्तकका रुपमा सार्वजनिक हुनैलागेको छ। श्रब्यको सुमधुर बाचनसहितको सायरीहरु प्रत्यक्ष रुपमा किताव प्रकाशन पूर्व नै डा.अजयक्रान्ति युट्युब च्यानलवाट सार्वजनिक भएको छ।

सायर डा.शाक्यको सायर बाचनमा सार्वजनिक भएको सायरी सुन्दा मन कतै बेचैन हुने गर्दछ भने, कतै प्रफुल्लित बन्ने गरेको छ। तपाईहरु पनि हेर्ने र सुन्ने हो भने, Dr.Ajaya Kranti youtube channel SUBSCRIBE गरेर सुन्न र हेर्न सक्नु हुन्छ। तपाई बेग्लै संसारमा पुग्नुहुनेछ। मज्जा यसैमा त छ।

प्रकाशन मिति–२०७८ साल भाद्र १३ गते आइतवार ।