काठमाडौं। काराओके इन्टरटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले बेला बेलामा गजब गजबका कार्यक्रमको आयोजना गर्दैआएका छन्। यसक्रममा रञ्जितकारको काराओके इन्टरटेन्मेन्टले ललितपुरको हरिसिद्धि स्थित प्रसिद्ध नेवाः खाजा तथा खानाघर नेवाः सुलीसंगको सहकार्यमा  म्युजिक क्विन्स एट् हरिसिद्धि नेवाः सुली विषयमा कार्यक्रम भएको हो।

Khagesh News 61698395941.jpg

Khagesh News 51698395939.jpg

अब हुदै गरेको मिसेस नेवाः वर्ल्ड्को ट्यालेन्ट शो पश्चात् सांगीतिक माहोल बनाउन संगीत सहित नेवाः खाजा खानाको स्वाद सहितको कार्यक्रमको विहीवार आयोजना गरेको हो। कार्यक्रममा नेपालको शास्त्रीय संगीतमा  सितारमा वर्ल्ड रेकर्ड राख्न सफल सीता मैयाँ राजचलले सितार  अनि मिस नेशनल समिता बज्राचार्यले सरोद बजाएर विलक्षण प्रतिभा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष तथा नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कलाकार केन्द्रका अध्यक्ष तथा काराओके इन्टरटेन्मेन्टका बरिष्ठ सल्लाहकार मिलन मोक्तानले संगीतलाई माया गर्ने अनि मिठो खाना पस्कने यस्तो राम्रो पारिवारिक बातावरण भएको नेवाःसुलीलाई सबैले धन्यवाद दिनु पर्ने धारणा व्यक्त गरेका थिए। कलाकारहरुलाई माया गरेर गीत संगीतको ब्यबस्थापन र बिकाश हुने कुरालाई रोयल्टीसंग जोडेर ब्यक्ति, समाज र सरकारले कलाकारको कामको मूल्यांकन गरेर सम्मान दिनुपर्ने कुरामा मोक्तानले जोड दिएका थिए।

Khagesh News 31698395939.jpg
नेवाः खाना तथा खाजा संसारकै उत्कृष्ट रहेको बताउदै पूर्व एस.एस.पी, रन्जितकार समाज नेपालका अध्यक्ष तथा काराओके ईन्टरटेन्मेन्ट्का प्रमुख सल्लाहकार दीपक रन्जितले नेवाः सुलीको बयान गर्दै विश्वमा नै यसले आफूलाई चिनाउन सफल होस् भनेर शुभकामना दिएका थिए। कार्यक्रमकै सभापतित्व हरिसिद्धी नेवाः सुलीका अध्यक्ष तथा महाप्रवन्धक  दिनेश महर्जनको सभापतित्वमा भएको थियो। हरिसिद्धि नेवाः सुलिका सि.ई.ओ. विनीता महर्जनले नेवाः सुलीको विशेषता र यसको मौलिक परिचय प्रस्तुत गरेकी थिइन्।