ललितपुर। काराओके इन्टरटेनमेन्टको आयोजनामा पहिलो पल्ट ‘मिसेस नेवाः वर्ल्ड–२०२३’आयोजना हुदैछ। काराओके इन्टरटेनमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारका अनुसार, ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतियोगीहरु हाल प्रशिक्षणमा छन्।  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतिस्पर्धीबीच यही कात्तिक २१ गते ‘ट्यालेन्ट शो’ हुँदैछ। जसमा उनीहरुले आफ्ना कला र प्रतिभा देखाउने भएको हो ।

उक्त ट्यालेन्ट शो ललितपुरको हरिसिद्धिस्थित ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’मा हुने भएको छ। नेवाः खाना तथा खाजाका प्रणेता दिनेश महर्जनले अन्तरराष्ट्रिय स्तरको सेवा तथा सुुविधा सहित संचालन गर्दैआएको  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’मा  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतियोगीहरुको ‘ट्यालेन्ट शो’ हुन गैरहेको हो। यस ट्यालेन्ट शोमा  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’सह–आयोजक भएर कार्य गर्न पाउंदा अत्यन्त खुशी लागेको जानकारी संचालक दिनेश महर्जनले वताएका छन्।

Khagesh News 71698395941.jpg

महर्जनले  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’लाई विश्वभर नेवाः खाजा तथा खानाको लागि हबको रुपमा विकास गर्न  आफूले विश्वभर प्रमोसन गर्ने कार्य गरिरहेको पनि बताए। लामो समयदेखि होटल लाइनमा आवद्ध रहेका महर्जनले आफू जन्मेको तथा हुर्केको प्राचिन नगरी हरिसिद्धिमा नेवाः खाजा तथा खानाको अन्तरराष्ट्रिय हब बनाउने सोच अनुरुप ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’ संचालनमा ल्याएको खुलासा गरेका छन्। महजर्नले आफ्नो रेष्टुरेन्टमा हुन गैरहेको  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’को ट्यालेन्ट शोका अलावा पूर्वकुमारी एवं ‘मिस नेशनल समिता बज्रचार्य र सितामैया राजचलको सरोद बादन तथा सितारबादन समेत हुने वताएका छन्।

Khagesh News 21698395937.jpg