ललितपुर । नेपाली चलचित्र उद्योगका युगिन अभिनेता तथा निर्देशक पवन जोशीको युगिन सम्मान भएको छ। विगत पचास बर्षदेखि निरन्तर अबिच्छिन्न नेपाली कला तथा कलाकारिताको क्षेत्रमा उच्च योगदान दिएवापत निर्देशक जोशीलाई नेवाः साधना कला केन्द्रले नगद १० हजार सहित युगिन सम्मान प्रदान गरेको हो।

Pawan Joshi Samman 31698497712.jpg

नेपालका बरिष्ठ संगीतज्ञ धनबहादुर गोपालीको प्रमुख आतिथ्यता तथा नोबल साहित्यकार विक्रम भक्त जोशी र सर्जक पौभा सायमीको विशेष आतिथ्यतामा नेवाः साधना कला केन्द्रले जोशीलाई युगिन सम्मान दिएर योगदानको कदर गरेको छ। आयोजक नेवाः साधना कला केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ)ले विजया दशमी २०८० को अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन सवैलाई टिका लगाइदिएर जोशीलाई युगिन सम्मान दिन पाउंदा अत्यन्त गौरब लागेको बताएका छन्।

Pawan Joshi Samman 41698497713.jpg

नेपालका नोबल साहित्यकार सर्जक विक्रम भक्त जोशीले एक पछि अर्को गरेर १ सय १० वटा नेपाली तथा नेपालभाषाका गीतका म्युजिक भिडियोको निर्देशन समेत गरेर नेपाली कला क्षेत्रमा पवन जोशीको अतुलनीय योगदान रहेको उल्लेख गरेका छन्। सर्जक जोशीले युगिन अभिनेता तथा निर्देशक पवन जोशीको युगिन सम्मान नेपाली कला र कलाकारिताको उच्च सम्मान भएको पनि भनेका छन्।