काठमाडौं। नेपाली आधुनिक गीत लेखनमा आयामिक गीत लेख्दैआएका कवि तथा गीतकार दीपक विवश आँशुको सिर्जना गीत बनेर रेकर्ड भएको छ। तिनै कवि तथा गीतकार आँशुको पछिल्लो सिर्जना गीतको बोल नै आँखैमा गाँजल ओठमा लाली झुुम्के बुलाकी हो।

यो गीतको शव्द रचना मात्र नभइकन संगीत दिने कार्य पनि गीतकार आँशुवाट भएको छ। गीतकार अलावा यो गीतवाट सर्जक आँशु संगीतकार पनि बनेका छन्। यो गीतमा नेपाली आधुनिक संगीतको क्षेत्रमा बेग्लै उचाई राख्दैआएका गायक किशोर कुमार शाही तथा गायिका श्द्धलक्ष्मी श्रेष्ठको युगल गायन रहेको छ।

गीतकार तथा संगीतकार आँशुले दिएको जानकारी अनुसार, यो गीतको भिडियोको छायाँकन केही दिन अघि मात्र संपन्न भएको छ। जसको निर्देशन राम श्रेष्ठले गरेका छन्। कोरियोग्राफी चर्चित डान्स डाइरेक्टर कविराज गहतराजले गरेका हुन्। प्रिन्स विश्वकर्मा र लिला श्रेष्ठको स्वभाविक अभिनय छ।

भिडियो निर्माणमा विशेष सहयोग गर्ने संसार्स अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनलाई गीतकार तथा संगीतकार आँशुले विशेष धन्यवाद दिने कार्य पनि भएको छ। चाँडै नै गीतको भिडियो संसार्स अनलाइन टेलिभिजनवाट विश्वभर एकसाथ रिलिज हुने जानकारी पनि गीतकार तथा संगीतकार आँशुले दिएका छन्।

Dipak Bibash News 21694797470.jpg