अमेरिकामा जान २४ हजार ७ सय १० जना नेपालीलाई भिसा मिल्यो

0 minutes, 0 seconds Read

USA 1काठमाडौ। सन् २०१५ मा मात्रै काठमाडौंस्थित अमेरिकी दूताबासबाट अमेरिका जानका लागि २४ हजार ७ सय १० जनाले भिसा पाएका छन्।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १९ हजार ४९ जना गैरआप्रवासी र ५ हजार ६६१ ले आप्रवासी भिसा पाएका छन्।

२०१४ मा १५ हजार १८० ले गैरआप्रवासी भिसा पाएका थिए। आप्रवासीतर्फ २०१४ मा ४ हजार ९९६ ले भिसा पाएका थिए।गैरआप्रवासी भिसा पाउनेमा ३६६ जना प्राध्यापक एवं चिकित्सक छन् भने ४ हजार ६४५ जना अध्ययनका लागि छन्।

यस्तै १४ हजार ९४४ ले खेलाडी, घुम्न वा विजनेश प्रयोजनका लागि बी भिसा पाएका छन् भने ११ जना पत्रकारले पनि अमेरिकी भिसा पाएका छन्। अमेरिकी गैरआप्रवासी भिसा पाउनेको सख्या अघिल्लो वर्षर्का वर्षको तुलानामा झण्डै सात हजारले बढी हो।
प्रकाशन मिति–२०७२ साल चैत्र ५ गते शुक्रबार ।

Similar Posts