अमेरिकामा हामी नेपाली ग्लोबलद्वारा महाबाणिज्यदुत कृसु क्षेत्रीको बिदाइ

0 minutes, 0 seconds Read

न्युयोर्क (अमेरिका)। विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकता र सदभावको मालामा गास्ने उद्देश्यका साथ स्थापना भएको हामी नेपाली ग्लोबलले न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुतावास कार्यालयका महाबाणिज्यदुत कृसु क्षेत्रीको स–सम्मान बिदाइ गरेको छ । आफ्नो चार बर्षे कार्यकाल पूरा गरेर यही जुलाई २८ मा नेपाल फर्कन लागेका क्षेत्रीलाई एक बिशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

सफल कुटनितीज्ञ कृसु क्षेत्रीको बिदाइमा हामी नेपाली ग्लोबलका बोर्ड सदस्य, साधारण सदस्य, सामाजिक अगुवा, शुभचिन्तक लगायतको उल्लेख्य सहभागिता रहेको थियो। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको सभापतित्वमा आयोजित उक्त बिदाइ समरोहमा महाबाणिज्यदुत क्षेत्रीलाई सम्मान स्वरुप टोकन अफ लव प्रदान गरिएको थियो।

कुटनितीमा प्रखर र साहित्यमा स्तरीय लेखन कलाका धनि क्षेत्रीले न्युयोर्क आएलगत्तै नेपाली मन, समाज र दुतावास(नेपाली समुदायलाई जोड्न मह्त्वपूर्ण भूमिका बहन गरेका थिए।


प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।

Similar Posts