इद मुवारक-आज मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इदमा कुर्वानी

0 minutes, 0 seconds Read

baker-ed-1काठमाडौ। मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इद आज मंगलवार परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउंमा नमाज पढेर चौपायालाई कुर्वानी अर्थात बलि दिने कार्य भएको छ।

baker-ed-2इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जंगलमा लगेपछि छोरालाई बलि चढाउंन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ। बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्।

baker-edनमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ। कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ। मुस्लिम समुदायको बकर इदका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशन मिति–२०७३ साल भदौ २८ गते मंगलवार ।

Similar Posts