उपाकु पर्वमा नगर परिक्रमा गर्नेहरुलाई लायन्स क्लव अफ काठमाडौ स्वनिगःको सहयोग

0 minutes, 0 seconds Read

swoniga-lions-cluba-2काठमाडौ। दिगंगत आफन्तको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले मंगलवार सांझ उपाकु पर्व मनाएका छन्। इन्द्रजात्राको पहिलो दिन नेवार समुदायले यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर नगर परिक्रमा गर्दै उपाकु पर्व मनाएको जानकारी लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर मेमबर अमरदीप रञ्जितले बताएका छन्।

swoniga-lions-cluba-1

जैसिदेवलका स्थानिय वासिन्दा रञ्जितका अनुसार उपाकु पर्वमा त्यसरी नगर परिक्रमा गर्न कम्तिमा पनि ३ घण्टा लाग्ने गर्दछ। यसै पर्वको अवसरमा उपाकु पर्वमा नगर परिक्रमा गर्ने नगरवासीहरुलाई निःशुल्क पानी वितरण गर्ने लगायतका सहयोग लायन्स क्लव अफ काठमाडौ स्वनिगःले गरेको जानकारी पनि चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले दिएका छन्।

swoniga-lions-cluba-3

यस पर्वमा विशेष गरेर तत्कालीन कान्तिपुर नगरी अन्तर्गत पर्ने काठमाडौंको सुन्धारा, लगन, भोटेवहाल, टेकु, जैशीदेवल, भीमसेनस्थान, नरदेवी, क्षेत्रपाटी, ठहिटी, कमलाक्षी, वीर अस्पताल क्षेत्रमा नेवार समुदायका व्यक्तिहरुले नगर परिक्रमा गर्ने चलन छ। सो क्रममा नगरका मठ, मन्दिर, चैत्य, गुम्बाहरुको पनि परिक्रमा गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।

Similar Posts