कारमा यौन संवन्ध राख्दा राख्दै सांसदको मृत्यु

0 minutes, 0 seconds Read

Car sexकाठमाडौ । यौन संवन्ध राख्न चाहनेहरुका रुचि र चाहना पनि गजबकै हुने गरेका छन्। रोकिरहेको कारमा अधिकाँशले रातको समयमा अध्यारोको फाइदा उठाएर कारमा नै यौनसंवन्ध कायम गर्ने गरेको कुरा नौलो हुन छाडे्को छ। तर, देश विकास र जनताको सेवाको लागि चुनेर पठाइएका सांसद समेत रोकिरहेको कारमा यौन संवन्ध राख्ने गरेको खवर प्राय सवैको लागि अनौठो नै हुने गरेको छ।

त्यसमाथि, कारमा नै यौनसंवन्ध राख्दा–राख्दै सोही कारमा ती सांसदको मृत्यु भएको खवर अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले प्रकाशन गरेको छ। उक्त समाचार अनुसार उक्त सनसनीपूर्ण घटना रुसमा हालै घटेको हो। जहाँ एक रूसी महिला सांसद र उनका पतिको कारमा यौनसंवन्ध राख्दैगरेको अवस्थामा मृत्यु भएको छ ।

पार्किङ गरि राखिएको कारमा यौन संवन्ध राखिरहेको बेलामा कारमा ग्रेनेड ब्लास्ट हुँदा दुबैको मृत्यु भएको बताइएको छ । ग्रेनेड ब्लास्टपछि घटनास्थलमा कारको पछाडी सीटमा दुबै जनाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । ओकाशाना बोब्रोरोभशाक्या नामकी ती सांसद रूसका राष्ट्रपति भ्लादमिर पुटिनको पार्टीकी नेता पनि हुन् । पुटिनकै पार्टीबाट उनी सांसद बनेकी थिईन् । उनका पति निकित बोब्रोरोभशाक्या एक विजनेश म्यान हुन् ।
सांसद ओकाशानाकी तीन वर्षीय एक छोरी रहेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २१ गते सोमवार ।

Similar Posts