तिहारका अवसरमा खेलिने देउसी तथा भैलो यो बर्ष राति १० बजेसम्म मात्र खेल्न पाइने

0 minutes, 0 seconds Read

deusi-re-tihar-songकाठमाडौ। नेपालमा तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने जनाउँदै १० बजेपछि त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो।

मन्त्रालयले तिहार र छठ जस्ता पर्वमा भुइँचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने भएकाले तिनको उत्पादन, आयात, निर्यात तथा बिक्रीवितरण नगर्न पनि सूचना जारी गरेको छ।

deusi-re-tihar-bhailoप्रकाशन मिति–२०७३ साल कात्तिक ८ गते सोमवार ।

Similar Posts