तीजको अन्तिम दिन ऋषि पञ्चमीमा सप्तऋषिको दर्शन र पूजापाठ

0 minutes, 0 seconds Read

Rishi-Panchami-5काठमाडौ। यस बर्षको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अन्तिम दिन आज मंगलबार ऋषि पञ्चमी मनाएर संपन्न भएको छ। ऋषिपञ्चमीका दिन आज हिन्दू नारीहरुले सप्तऋषिको पूजाआजा तथा दर्शन गरेर तीज पर्वलाई विदाई गरेका छन्।Rishi-Panchami-4

Rishi-Panchami-3काठमाडौको टेकु, कलंकी, हाँडीगाउँ लगायतमा रहेका सप्तऋषि मन्दिरहरुमा दर्शन गर्ने दर्शनार्थी हिन्दू महिला दिदीबहिनीहरुको घुइंचो लागेको थियो। तीजका व्रतालुले सप्तऋषिको पूजा नगरे व्रत पूरा नहुने र फल पनि नपाइने धार्मिक विश्वास छ।

Rishi-Panchami-2तीजमा व्रत बसेकाहरुले ऋषि पञ्चमीको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया, पोखरी वा आफ्नै घरमा स्नान गरी ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गर्ने गर्दछन्।

Rishi-Panchami-7स्नान गर्दा टाउकोमा चाल्नो राखेर पानी खन्याउने प्रचलन रहिआएको छ। यसरी स्नान गरिसकेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ। सप्तऋषिको पूजा गर्नाले रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए ‘पाप’बाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

Rishi-Panchami-6प्रकाशन मिति–२०७३ साल भदौ २१ गते मंगलवार ।

Similar Posts