दशैंको हार्दिक मंगलमय शुभकामना

0 minutes, 0 seconds Read

dashain-2काठमाडौ । अघिल्ला बर्षहरुमा भन्दा अलि चाँडै यो बर्ष दशैं आएको सवैमा महशुश भएको छ । आज असोज १५ गते घटस्थापनाबाट दशैं प्रारम्भ भएको छ। यथार्थमा आजवाट यो बर्षको दशैं सवै नेपालीहरुको घर–आँगनमा आइपुगेको छ।

३ सय ६५ दिनको चक्रसंगै शरद ऋतुको आगमनको संकेत बोकेर आएको दशैं नेपालीहरुको महान पर्वको रुपमा लिइने गरेको छ । बर्षभरि काम विशेषले बाहिरिएकाहरु पनि घर संझेर फर्कने भएकोले मिलनको पर्वको रुपमा दशैंलाई लिइने गरेको छ । यो दशैंले सवैको निधारमा खुशीको संकेत दिने गरेको छ।

dashain-3

खुशी र बहारको संगमरुपी न त घाम न त बर्षा ! मौसमले साथ दिने पर्व भएकोले दशैं सवैको लागि प्रिय बनेको छ । एक छाक खानको लागि धौ–धौ पर्नेको परिवारले पनि ऋणै कांटे्र दशैं रमाइलोसँग मनाउने नेपाली परम्परा रहेको छ । जतिसुकै दुःख परेतापनि जसोतसो गरेर दशै रमाइलो पार्ने नेपाली मात्रको चाहना रहेको छ।

दशैं नमाउने बर्ग तथा जाति विशेषले समेतले दशैंलाई उत्साहपूर्वक लिने गरेको पाइएको छ। दशैको टीका नलाउने कतिपयले केही बर्षयता टीका लाउने प्रथा शुरु गरेको पाइएको छ । जुन धार्मिक महत्वको रुपमा यसलाई लिन सकिन्छ । मिठो खाऔ र राम्रो लाऔ भन्ने नै दशैंको मूलमन्त्र हो । यही मूलमन्त्रलाई अंगिकार गरेर नेपाली मात्रले दशैंलाई रमाइलो पार्ने सक्दो कोशिश भएको पाइन्छ । आकाशमा उड्ेको चंगा तथा जमिनमा गाँडिएको पिङ्गले दशैंलाई रोचक बनाउने गरेको छ।

dashain-1

दशैंको यिनै रोचकतासँगै थुप्रै कौतुहलता र रोमान्चकताले गर्दा दशैं मनमोहक बन्ने गरेको छ । अर्कोतर्फ दशैंको नाममा बजारमा आउने अनेकन अफरले उपभोक्ताहरुलाई राहत महशुश भएको पाइएको छ । दशैकै बेलामा काठमाडौ आउने र काठमाडौंबाट बाहिर जानेहरुमा बसको टिकटको लापरवाहीले आहत नै खेप्न बाँध्य हरेक बर्ष जस्तो हुने गरेको छ।

सरकार तथा संवन्धित निकायले हरेक बर्षजस्तो यो बर्षपनि दशैंमा घर जानेहरुको लागि रामै्र बसको टिकटको व्यवस्था गरिएको भनिएको छ। तर, व्यवहारमा खासै परिवर्तन ल्याएको पाइदैन । जसले गर्दा नचाहेर पनि निराश बन्न बाँध्य बन्नुपर्दछ ।
मुलुकमा साउन तथा भदौ महिनामा विभिन्न स्थानमा बाँढी–पैह्रोले गर्दा निक्कै नै संकट निम्त्याएको छ।

कयौको यो दैबी प्रकोपमा परेर सिगै परिवार गुमेको छ । कतिको परिवारै बेपत्ता बनेको छ । यी नियतिको खेलले यो बर्षको दशैं कतिको लागि पिडाको विषय बनेको पनि देखिन्छ। साथमा साउन–भदौ देखिको बर्षा कतिपय स्थानमा अझै रोकिएको पाइदैन । पहिला दशैको बेलामा पानी पर्दैन । बर्षाले हैरान नपार्ने शरद ऋतुको मधुमास भन्ने गरेतापनि बाताबरणीय प्रभावले कतिपय स्थानमा झरी तथा बर्षे दशै भैरहेको जस्तो आभास भएको छ । जे–जस्तो भएतापनि खुशी र उमंगको पर्व दशैं मनाउँदा दशा हुनेगरी कसैले पनि मनाउन हुँदैन।

dashain-4

घाँटी हेरेर हाँड निल्नु भनेजस्तो आफ्नो गक्षले भ्याउने मात्र खर्च गरेर दशैं मनाउनुको मज्जा नै बेग्लै हुन्छ। खोक्रो शान र धाँक देखाउनकै लागि दशतिर ऋण गरेर दशै मनाउने तथा फजुल खर्च गर्ने कार्यलाई हामी सवैले रोक्नु आवश्यक छ । दशै शान्त तथा सुरम्य तौरतरीकाले कालान्तरसम्म चीरस्मरणीय बनाएर मनाउन सक्नु पर्दछ।

तब मात्र दशैंले खास महत्व र विशेषता राख्ने गर्दछ । र अन्तमा, नेपाली मात्रको महान पर्व दशैंको अवसरमा भिजन संसारकाका पाठकबृन्द, विज्ञापनदाता तथा शुभचिन्तक सवैमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना !
–श्याम स्मृत ( समाचार सम्पादक )
–अभिमन्यु कुमार बैराग ( प्रवन्ध–निर्देशक )
–सनम कुमार बैराग ( निर्देशक )
भिजन संसार परिवार ।

visionsansar-logo-projector
प्रकाशन मिति–२०७३ साल असोज १५ गते घटस्थापना ।

Similar Posts