नेपालको बजारमा अमेरिकी डलरको अभाव

0 minutes, 0 seconds Read

American Dollarकाठमाडौ। नेपालको बजारमा अमेरिकी डलरको अभाव हुन थालेको छ। यसो हुनुमा चीनिया व्यापारीहरुले नेपालको बजारवाट अमेरिकी डलर व्यापक रुपमा खरिद गरेर सोझै स्थलमार्ग मार्फत चीन पठाउने कार्य दिनानुदिन गरिरहेको कारण अमेरिकी डलरको अभाव भएको नागरिक दैनिकले उल्लेख गरेको छ।

विशेष गरेर चीनवाट नेपालमा व्यापार तथा भ्रमणको सिलसिलामा आउने चीनिया व्यापारीहरुले नेपाललाई अमेरिकी डलर खरिद गर्ने अखडाको रुपमा केही बर्षयता विकास गर्दैल्याएकोले यस्तो अवस्था सिर्जना भएको बताइन्छ।

जसले गर्दा काम विशेषले विदेश जाने नेपाली तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले अमेरिकी डलर समयमा प्राप्त गर्न नसक्दा समस्या उत्पन्न हुन थालेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २ गते विहीवार ।

Similar Posts