नेपाल बन्दको देशैभर प्रभाव–व्यापक सुरक्षकर्मी परिचालित

0 minutes, 0 seconds Read

काठमाडौ। नेपाल सरकारवाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको नेपालमा प्रभाव परेको छ। आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो।

काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन्। मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन्। अधिकांश विद्यालय भने बन्द भएका छन्। काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने बन्दको प्रभाव परेको छ।

लामा तथा छोटा दूरीका सवारी आगमन पनि थप्प जस्तो भएको छ। विप्लवका पहिलाका बन्दमा भन्दा आजको बन्दमा तुलनात्मक रुपमा असर परेको छ। ठाउं ठाउंमा शंकास्पद बस्तु भेटिएकोले सवैलाई आतंकित बनाएको छ। अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको जनाएको छ। नेपाल बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रकाशन मिति–२०७६ साल जेठ १३ गते सोमवार ।

Similar Posts