पचासौ बर्षको रक्तदानभित्रको तितो यथार्थता

0 minutes, 0 seconds Read

–प्रेमसागर कर्माचार्य

केन्द्रीय अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज

Prem Sagar Karmacharya.2काठमाडौ । ५० औं वर्ष जसलाई हामी स्वर्णजयन्ती भन्छौ । यही स्वर्णजयन्ती नेपाल रेडक्रस सोसाईटीले आफ्नो मातहतको केन्द्रीय रक्त संचार सेवाको श्रावण १२ गते मनाई रहेको विद्यमान अवस्था छ। इतिहासका प्रतिनिधि पात्रहरुलाई सम्मान तथा धन्यवाद व्यक्त गर्दै विश्व रक्तदाता दिवस जून १४ (जेष्ठ ३२) “हामी सर्वत्र रगतले जोडिएका छौं” भन्ने मुलनाराका एक विशेष समारोहका साथ सम्पन्न भैसकेको छ।

हाम्रो देशमा रक्त संचारको इतिहास बुझ्ने हो भने शुरु शुरुका वर्षमा यी नै भरिया दाजुभाइ, रिक्सा चालक ठेलागाडा वाला आदि विपन्न वर्गका व्यक्तिहरुबाट रक्तदान गराई तिनीहरुलाई पैसा (रकम) उपलब्ध गरादिने र आफूलाई चाहिने समूहको रगत प्राप्त गर्ने गर्थे । तत्कालिन समयमा यहि नै प्रमुख स्रोत हो रगत प्राप्ति गर्ने भन्दा अत्युक्ति नहोला । यिनै रबैया आगामी दिनहरुमा पुनराबृत्त हुने प्रवल सम्भावनाहरु देखिन थालिएको समय छ ।

Blood Donation 1

हामी ५० औं वर्ष सम्म आईपुग्दा समेत यस क्षेत्रमा सन्तोषजनक कार्य सम्पादन गरि सेवा प्रदान गरेको पाउँन सकिएको छ जस्तो लाग्दैन । हामी ३०–३५ वर्ष देखि रक्तदान गर्दै, गराउँदै सेवा प्रदान गरिरहँदा अनुभव हुन आएको तितो यथार्थ यहि हो जस्तो लाग्दछ । ५० औं वर्ष पूरा गर्ने सिलसिलामा बीचका केही समय हामीले रगत संकलन र भण्डारणमा पूर्णतः मेल ल्याई सकेको अवस्था पनि थियो । तर त्यसलाई सही व्यवस्थापन गरि थप मात्रामा आवश्यकक्तानुसारको समय सापेक्ष सुधार गर्दै जानुपर्नेमा, हाल यसको ठिक उल्टो अवस्था सृजना भईरहेको छ । यसरी रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु सँधै अभावै अभावमा सेवाग्राही मारमा परिरहेको छ । यो सम्बन्धित निकायद्वारा आफै सृजना गरेको स्थिति हो । यस्तो अवस्था सँधै रहिरहनु कतिको शोभनिय कुरा हो । यसरी कहिले सेवाग्राहिहरुले शतप्रतिशत सेवा पाउँन सक्छन् त?

Prem Sagar Karmacharya

देशको जस्तो राष्ट्रिय सरकारको नेतृत्व फेरिरहेको अवस्था पनि छैन, नेपाल रेडक्रस सोसाइटीमा र त्यसद्वारा संचालित रक्तसंचार सेवामा । स्वयंसेवी रक्तदाताहरुको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुको उच्च मुल्याङ्कन गरि सम्मान जाहेर गर्दै सहि तवरले उचित प्रयोग गर्नु पर्ने यस्तो संवेदनशील क्षेत्रमा सनातनवादी सोचले प्रसय पाईराख्नु राम्रो कुरा होईन । हाल देशको रक्त संचार सेवा शुन्य प्रायः नै छ भन्दा कसैको दुईमत नहोला । आम सेवाग्राहिहरु र स्वयंसेवी रक्तदाताहरुले भोगेका नियतिलाई नियाल्ने हो भने।

त्यस माथि थप स्वयंसेवीहरुले भोगेका हैरानी त छँदैछ। यसरी स्वयंसेवी रक्तदाताहरुको मर्म-आवश्यक्ता, पीडितको पीडा र रगत संकलन र वितरण प्रणलिमा समन्वय तथा सम्बोधन गर्नु पर्नेमा, यस तर्फ कुनै सोच, चिन्ता नभएका व्यक्तिहरुको नेतृत्व भईरहनु यो क्षेत्रको लागि दुर्भाग्य सावित हुँदै आइरहेको छ । फलस्वरुप विविध खाले नियतिहरु हामीलाई भोग्न र सहन बाध्य भई रहेका छौं ।

Blood donationa.2

समय गतिवान छ । यो सबैले बुझेको कुरा नै हो । यो निरन्तर बढ्ने सिवाय पछि कहिल्यै फर्कदैन । जसले समयलाई बुझ्यो र यसलाई पछ्याँउन सक्यो, त्यसलै आफ्नो औचित्य सावित गर्न सक्दछ । यसरी समयको प्रवाहसँग हरेक क्षेत्रले आफूलाई समाहित गर्दै जान सकेको खण्डमा समय सापेक्ष उपलब्धिहरु हाँसिल गर्दै जाने थियो । सम्बन्धि निकायले त्यसको अनुभुत गर्दै आफ्नो मुल्याङ्क गर्ने मौका मिल्ने थियो । तर रक्त संचारको क्षेत्रमा यसले कुनैपनि अर्थ स्थापित गर्न सकिएको छ जस्तो लागेन।

५० औं वर्षमा आईपुग्दा समेत सेवाग्रहिहरुलाई उचित सेवा प्रदान गरि अत्याधुनिक प्रविधिहरु भित्र्याई गुणस्तरिय सेवामा छलाड्ड मार्नु पर्ने हो । तर एउटा सिन्को पनि भाँचिएको महसुश गर्ने ठाउँ भेट्टाउँन सकिएको छैन । यसरी रक्त संचार सेवा जस्तो शंवेदनशील क्षेत्रलाई निरन्तर रुपमै उपेक्षित बनाई राख्नु कतिको उचित कार्य÷कुरा हो ? यसरी जो कोही, कुनै पनि बेला कसैलाई आवश्यक पर्दा विकल्प नभएको क्षेत्रलाई उचित सम्बोधन राजयस्तरबाट कहिले हुने हो ? आम जन चासोको विषय बनि रहेको छ । तर हाल सम्म भ्रष्ट मनोप्रवृति भएका व्यक्तिहरुबाट यो क्षेत्रमा नेतृत्व लिई र उपेक्षित बनाउँदै केवल आफ्नो व्यक्तिगत निहित स्वार्थ पुरा गर्ने माध्यम बनाई रहेको छ ।

Blood Donation 1

यसरी आस्था र समर्पणका साथ स्वयंसेवी रक्तदाताहरुबाट दान स्वरुप प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुका साथै पीडितहरुको पीडामा रमाई मजुबुरी फाईदा उठाउँन र लुटको खेती गर्न तल्लीन छन् ।देशमा धेरै राजनैतिक उथल पुथल भए आन्दोलन भए र त्यसबाट जनताका हकाधिकार समेटीएको नेपालको संविधान २०७२ जारी गरियो । जसमा मौलिक र कर्तव्य अन्तर्गत धारा ३५ मा नेपालीहरुको स्वास्थ्य सम्बन्धी हकमा धारा ३५ (१) मा उल्लेख गरिए अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवालाई राज्यबाट निःशुल्क प्राप्त हुने हकलाई व्यवस्था गरिएको छ अथवा कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनि किटान गरिएकोमा हालसम्म पनि रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु पाउँन नसकेर हाजारौं विरामीहरु तड्पिएर बाँच्न विवस छन् । थाहा छैन यसैको अभावमा प्राण कतिले त्यागेका छन् ।

Prem Sagar Karmacharya.2

रक्त संचार नीतिमा त झन् मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुलाई पूर्णतः किन बेचमा प्रतिबन्ध लगाई निःशुल्क भनिएको छ । खोई कहाँ गए यसको अक्षरस कार्यान्वयन वा पालना ? यसरी हरेक किसिमले यो क्षेत्र सम्बन्धित निकायले उपेक्षित बनाई रहेको छ। कहाँ छन् दण्डीत गर्ने निकाय ? हामी स्वयंसेवी रक्तदाताहरु खोजि रहेका छौं । विकृति र विसंगतिहरुलाई सहि बाटोमा दोहो¥याउन र भ्रष्ट आचरण भएकाहरुलाई कारवाहीको दायरामा ल्याई कानून सम्बत् कारवाहि गर्ने निकाय भने कै अख्तियार दुरुपयोग आयोग हो । ५० औं वर्षसम्म पुगी स्वर्णजयन्ती मनाउँदै गर्दा समेत यो क्षेत्रमा अख्तियार दुरुपयोग आयोगको आँखाले नदेख्नु कानले नसुन्नु र चिन्तन मनन् गर्न नसक्नु भनेको आफ्नो शरीरको नशा भित्र प्रवाह भैरहने रगतको मर्म नबुभ्mनु सरह नै हो । यसरी मनविय संवेदनशीलताले रहित मानष्पटल भएका व्यक्तिहरुको आयोग भन्दा समेत अत्युक्ति नहोला ।

आज विज्ञानले विश्व ब्रम्हाण्डलाई यति साँधुरो र छरितो बनाई दिएको छ की, हामी आफ्नो औंलाको टुप्पोमा सिमित रहेको छ भन्दा नी केही फरक पर्दैन । यस्तो अवस्थाको सृजना भई सक्दा समेत हामीले त्यसलाई प्रयोगमा ल्याउँन सकेका छैनौं । यसरी हामी २१ औं शताब्दीमा पनि १६ औं शताब्दिको जीवन यापन गरिरहेका छौं । यो सबै नेतृत्वदायी भूमिका निर्वाह गरि रहेका व्यक्तिहरुको कारणले हो । दुरगामी सोंचर चिन्तन नहुँदा हामीले यस्तो अवस्था झे्ल्नु विवस हुनु परेको हो ।

अस्पताल अस्पतालमा अत्याधुनिक प्राविधिहरुको जडान भईसक्दा पनि रक्त संचारको क्षेत्रमा कुनै त्यस्तो नविनतम् प्रविधि भित्रिएको वा भित्र्याउन कोशिस समेत गरिएको छैन । बरु दातृ राष्ट्रबाट सहयोग स्वरुप प्रदान गरिएको मेसिनहरुको प्रयोगमै नल्याई फ्याकिने अवस्थामा पु¥याई सकेको छ । यसरी अवमूल्यन गर्ने क्रममा तिव्रता आइरहेको छ। यो र यस्ता अवस्था सृजना हुनु भनेको ह्रास मानसिकताको उपज हो । पूर्णतः सेवा भावमा स्खलन आँउनु हो।

Blood Donar is Hero

कुनै पनि क्षेत्रमा वा विषयमा निती निर्माता र नेतृत्वदायी भूमिका खेल्ने बीचमा विषयगत समन्वय हुन सकेमा त्यसको असर वा भाव घनिभूत रुपमा पर्न पार्न सक्ने छ। त्यसबाट सकारात्मक वा नकारात्मक दुवैलाई केलाएर प्रभावकारी सेवा प्रदान सकिनेछ । यहाँ रक्तसंचार सेवाको क्षेत्रमा यसकारको कुनै पनि कदम चाल्ने लक्षण देखिदै । फलस्वरुप ५० औं वर्षमा पुग्दा समेत अन्तर्राष्ट्रिय स्तरको रक्त संचार सेवा सम्बन्धित निकाय दिन वा उपलब्ध गराउन सकेको छैन । जब व्यक्तिमा विषयगत वा क्षेत्रगत सुधारका चिन्ता हुन्छ, तब मात्र चिन्तम गर्ने शुरुवाट हुन्छ । त्यसपछि मात्र सुधारका लक्षण देवा पर्दछ र सम्बन्धित सेवाग्राहीहरु लाभान्वीत हुन थाल्दछ । सेवाग्राहीले लाभ पाउनु भनेकै सम्बन्धित निकायको नेतृत्वले सफलता हाँसिल गर्नु हो।

रक्त संचार सेवाको ५० औं वर्षको स्वर्णजयन्ती केवल हिसाव मिलानको रुपमा नभई साँचै सेवाभावको प्रादुर्भाव हुने वर्षको रुपमा लिन पाएको खण्डमा सेवाग्राहीहरु अनुग्राही हुने छन् । विकासोन्मुख विकसित र अति विकसित राष्ट्रहरुमा हामीले समय व्यथित गरेको आधारमा भन्ने हो भने अति विकसित राष्ट्रको सुचिमा परिसक्नु पर्ने हो । तर विडम्बना व्यक्ति विशेषको चाहनाले गर्दा हामी रक्त संचारको क्षेत्रमा कहाँ हो कहाँ कता हो कता स्थान खोज्नै मुस्किल छ । तर हामी गर्वका साथ भन्न सक्छौं–स्वयंसेवी रक्तदाताहरुको संख्या बृद्धि गर्नमा सिड्डो संसारलाई उछिन्ने क्रममा छौं । यो तपाई हामी सबैको साथ सहयोगको परिणाम हुनेछ ।
प्रकाशन मिति–२०७३ साल साउन २३ गते आइतवार ।

Similar Posts