बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशी आजवाट एक सय बर्षमा

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालका शताब्दी पुरुष तथा बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशीको आजवाट एक बर्षको उमेरमा पुगेका छन्। आजकै दिन ललितपुरमा जन्मेका शताव्दी पुरुष डा.जोशीको भव्य रुपमा जन्मोत्सव मनाउने कार्य भैरहेको छ।

डा.जोशीको एक सय बर्षको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाले यो एक बर्षभरि नै विविध कार्यक्रम गर्ने भएको छ।

आज ललितपुर महानगरपालिकाले शताव्दी पुरुष डा.जोशीलाई बग्गीमा राखेर महानगर परिक्रमा गराएर भव्य अभिनन्दन गरिने जानकारी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्।

डा.जोशीको एक सय बर्षको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्र आज सोमवार सार्वजनिक विदा गरेको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।

Similar Posts