बागमतीमा रेकर्डेट रक्तदाताको आतिथ्यमा रक्तदान

0 minutes, 0 seconds Read

Blood Donation on Bagmati 1काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता तथा आपतका देवता मानिएका प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सुकेधारा स्थित बागमती उच्चमावि एवम् बागमती कलेजमा आकस्मिक रक्तदान कार्यक्रम संपन्न भएको छ।

बुधवार आयोजित रक्तदान कार्यक्रममा विद्यालय र कलेजका १ सय १ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीले रक्तदान गरेको कलेजका प्राचार्य नारायण सिटौलाले बताएका छन्।

रक्तदान कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न आएका रेकर्डेट रक्तदाता कर्माचार्यलाई कलेजका अध्यक्ष सुरेन्द्र सिटौलाले आपतका देवता भनेर अंगालो हालेर सम्मान व्यक्त गर्दा उपस्थित सवैले ताली बजाएर स्वागत गरेका थिए।

Blood Donation on Bagmati 2प्रकाशन मिति–२०७२ साल फागुन २० गते विहीवार ।

Similar Posts