बेलायतको हेल्प नेपाल फाउण्डेशनवाट २० लाख सहयोग गर्ने घोषणा

0 minutes, 0 seconds Read

Dhurmush & Kunjana in work 1काठमाडौ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रूपैँया सहयोग गर्ने घोषणा गरेको छ।

भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रूपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो।

भूकम्पपीडितलाई राहत र पुनर्निर्माणमा सघाउ पुर्‍याउने उद्धेश्यले संकलित रकम धुर्मुस सुन्तलीमार्फत पीडितसम्म पुर्‍याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ २७ गते विहीवार ।

Similar Posts