बेल्जियममा बेलायतका नेपाली लाखे विनोद चिपालुको भव्य सम्मान

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाल र नेपालीको गौरब बढाउने कार्य गरेवापत बेलायतमा रहेका नेपाली कलाकार विनोद चिपालुलाई बेल्जियममा भव्य सम्मान गरिएको छ। कलाकार चिपालुलाई अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले बेल्जियममा आयोजित भव्य समारोह वीच अन्तरराष्ट्रिय युवा कलाकार प्रतिभा सम्मान–२०१९ व्दारा सम्मानित गरिएको हो।

बेल्जियममा संपन्न भएको युरोपस्तरीय ईनास सातौं नृत्य तथा चौथो गायन प्रतियोगिताको अवसरमा कलाकार चिपालुललाई उक्त सम्मान प्रदान गरिएको थियो। विगत दुई दशकदेखि बेलायतमा रहेर नेपाली कला र कलाकारिताको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योगदान दिएवापत कलाकार चिपालुलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

नेपालमा रहंदा दर्जनौ दर्जन नेपाली चलचित्रमा स्वभाविक अभिनयको अलावा विभिन्न कलाकारका स्टन्ट गर्ने देखि नृत्य निर्देशन गर्ने जिम्मेवारी सहजतापूर्वक निभाउने कार्य गरेका कलाकार चिपालुले बेलायतमा नेपाली मौलिक परम्परा तथा संस्कृति लाखे नाचलाई जिवित बनाउने कार्य गर्दैआएका छन्। बेलायतमा नेपाली लाखे नाच नाच्ने सुप्रसिद्ध कलाकारका रुपमा कलाकार चिपालुलाई लिइने गरेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २१ गते विहीवार ।

Similar Posts