भारतको सिक्किमको राजधानी गान्तोकमा पनि इन्द्रजात्रा मनाइयो

0 minutes, 0 seconds Read

sikkima-ma-indrajatraकाठमाडौ। काठमाडौमा इन्द्रजात्राको रौनकता छाइरहेको बेलामा आज विहीवारकै दिन भारतको सिक्किममा पनि काठमाडौमा जस्तै इन्द्रजात्रा मनाएको छ।

सिक्किमको राजधानी गान्तोकको भानुचोकवाट कुमारीको रथयात्रा शुरु गरेर नगर परिक्रमा गराइएको थियो। सिक्किम नेवाः गुठीले आयोजना गरेको रथयात्रामा सिक्किमका मुख्यमन्त्रीसहितका गन्यमान्य व्यक्तिहरुको सहभागिता रहेको सिक्किम समाचारदाताले जनाएको छ।

समाचारदाताका अनुसार सिक्किममा विगत ६ बर्षदेखि सिक्किम नेवाः गुठीको आयोजनामा इन्द्रजात्रा तथा कुमारी रथयात्रा हुंदैआएको छ। ६ बर्षयता सिक्किमको गान्तोक सरकारले त्यहाँ सार्वजनिक विदा दिदैआएको पछि छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।

Similar Posts