मध्यपुर थिमीस्थित चाइना रोडमा स्वनिगःको बृहत बृक्षारोपण

0 minutes, 0 seconds Read

मध्यपुर थिमी। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको आयोजनामा बृहत बृक्षारोपण भएको छ। मध्यपुर थिमी नगरपालिका वडा नंबर ४ शंखधर चाइना रोड वरपर शनिवार बृहत बृक्षारोपण कार्यक्रम भएको हो।

लायन्स क्लव अफ काठमाडौं स्वनिगःका  प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्यको संयोजकत्वमा भएको बृहत बृक्षारोपण कार्यक्रमको प्रमुख आतिथ्यता लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, अग्रज लायनरहरु प्रशान्त मानन्धर, मनीश्री बज्राचार्य, सुमन भट्ट लगायतको थियो।

मध्यपुर थिमी नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको बृहत बृक्षारोपण कार्यक्रममा विभिन्न जातका २ सयभन्दा बढी रुखहरु रोपिएको थियो।

२ सय ६० जनाले बृहत बृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रममा हरियाली प्रवद्र्धन गर्नमा लायन्स क्लव अफ काठमाडौं स्वनिगःको योगदानको प्रशंशा गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल साउन ११ गते शनिवार ।

Similar Posts