यो बर्ष आलापोटबासीले श्रीगणेश तथा श्रीभैरब जात्रा मनाउन थालेको १ सय ११ बर्ष पुगेको छ। यस अवसरमा अघिल्ला बर्षहरुमा भन्दा अझ बढी ऐतिहासिक नगरी आलामपुर अर्थात आलापोटको गरिमा र महत्वलाई झल्काउदै आलापोट जात्रा भव्य रुपमा मनाउने कार्य भएको छ।
10
SHARES
10
VIEWS
काठमाडौं। लिच्छबीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा प्रत्येक बर्षको बैशाख शुक्ल तृतीयाको दिन पर्ने श्रीगणेश तथा श्रीभैरब जात्रा हुने गरेको छ। यो जात्रा लगातार पाँच दिन लामो हुंदैआएको छ।
यो बर्ष आलापोटबासीले श्रीगणेश तथा श्रीभैरब जात्रा मनाउन थालेको १ सय ११ बर्ष पुगेको छ। यस अवसरमा अघिल्ला बर्षहरुमा भन्दा अझ बढी ऐतिहासिक नगरी आलामपुर अर्थात आलापोटको गरिमा र महत्वलाई झल्काउदै आलापोट जात्रा भव्य रुपमा मनाउने कार्य भएको छ।
यो बर्ष यही बैशाख ६ गतेदेखि शुरुभएको आलापोटको जात्रामय आलापोटको महत्वलाई दर्शाएर आलापोट जात्राको विशेष दिन बैशाख १० गते आइतवार कागेश्वरी मनोहरा नगरपालिकामा सार्वजनिक विदा दिने महत्वपूर्ण निर्णय नगरपालिकाले गरेको छ।
१ सय ११ बर्ष पुरानो श्रीगणेश–भैरव जात्राको महत्वलाई ध्यानमा राखी नगरपालिका भरी सार्वजनिक बिदा दिने निर्णयको आलापोटको बासिन्दाको तर्फबाट हार्दिक स्वागत तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की तथा कार्यपालिका सदस्य लगायत सबै महानुभावहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्ने कार्य आफूहरुवाट भएको सामाजिक अभियन्ता तथा सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठले नगरपालिकाभित्रका सवै सरकारी तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय लगायतमा विदा दिने निर्णय गरेर सारा आलापोटवासीको सम्मान गरेको पनि बताएका छन्।