सूर्यकोटमा सामुदायिक भवन, गणेश मन्दिर र सार्वजनिक शौचालय

0 minutes, 0 seconds Read

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित सूर्यकोट टोलमा सामुदायिक भवन र गणेश मन्दिर स्थापना भएको छ। सूर्यकोट समाज सुधार समितिको सामुदायिक भवन र गणेश मन्दिर तथा सार्वजनिक शौचालय जन सहयोगवाट निर्माण भएको हो। जसको सार्वजनिक उदघाटन विश्वविख्यात नेपालका इतिहासविद डा.सत्यमोहन जोशीवाट भैसकेको छ।

सामुदायिक भवन, गणेश मन्दिर तथा सार्वजनिक शौचालय जनसहयोग र जनश्रमदानवाट भएको सूर्यकोट समाज सुधार समितिका अध्यक्ष शोभितमान श्रेष्ठ (इनकाजी)ले जानकारी दिएका छन्।

स्थानीय सूर्यकोट टोलका स्थानीयवासिन्दाको सक्रिय सहभागितामा देउसी–भैलो कार्यक्रम गरेर उठेको नगद १५ लाख र सूर्यकोट समाज सुधार समितिका बरिष्ठ सदस्य बलबहादुर क्षेत्रीको विशेष सहयोगवाट सामुदायिक भवन, गणेश मन्दिर र सार्वजनिक शौचालय स्थापना भएको समितिका महासचिव नारायण गिरीले बताएका छन्।

सूर्यकोट टोललाई नमूना टोलको रुपमा विकास गर्दै लैजान आफूहरु व्यापक सक्रिय भैरहेको जानकारी पनि समितिका अध्यक्ष श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल असार १० गते मंगलवार ।

Similar Posts