हंगकंगमा चरिमाया तामाङ्गलाई नगद सहितको सम्मान

0 minutes, 0 seconds Read

Charimaya-Tamang-sammanit

काठमाडौ। नेपाली चेलीवेटी बेचविखन विरुद्धकी अभियानकर्ता चरिमाया तामाङ्ग हंगकंगमा सम्मानित बनेकी छन्। हंगकंगको तामाङ्ग घेदुङ्गले शक्ति समूहकी संस्थापक अध्यक्ष समेत रहेकी चरिमायालाई नगद सहित सम्मान गरिएको छ।

तामाङ्ग हङ्गकङ्गका अध्यक्ष प्रेम मोक्तान लामाले चरिमायालाई नगद तथा सम्मान प्रदान गरेका थिए। हङकङको जोर्डनस्थित कङगन रेष्टुरेन्टमा सम्पन्न सम्मान तथा भेटघाट समारोहमा नेपाली महिला संघ हङकङ अध्यक्ष रिता गुरुङ, एनआरएन हङकङ अध्यक्ष ललित सुब्बा, हङकङ च्याम्बर अफ कमर्श का अध्यक्ष दसुराम पराजुली, उपाध्यक्ष कमल पौडेल, जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा, घेदुङ उपाध्यक्ष भावेश घिसिङ, सचिव विश्वनाथ घिसिङ लगायतले चरिमायाको योगदानको प्रसंशा गर्दै सामाजिक अभियानमा निरन्तरताको कामना गरेका थिए ।

कुनै समय आफै मुम्बईको कोठीमा बेचिएकी चरिमाया सन् १९९६ मा उद्धार भएर काठमाडौं आएकी थिइन्। यसपछि उनी शक्ति समूह नामक संस्था खोलेर बेचविखन विरुद्धको अभियानमा लागिन्। यही अभियानकै लागि अमेरिकी सरकारले चरिमायालाई चारबर्षअघि ‘आधुनिक दासता विरुद्धको नायक’ अवार्ड दिएको थियो ।
प्रकाशन मिति–२०७२ साल चैत्र ५ गते शुक्रबार ।

Similar Posts