३० लाख ऋण लिएर साझा प्रकाशनले स्रष्टाहरुलाई रोयल्टी वापतको दशैं खर्च दिइयो

0 minutes, 0 seconds Read

madhav-ghimireकाठमाडौ। करिब ४० करोडभन्दा बढी घाटामा रहेको साझा प्रकाशनले ३० लाख ऋण लिएरै भएपनि कवि एवम् साहित्यकारहरुलाई कृति बापतको रोयल्टी प्रदान गरिएको छ।

राष्ट्रकवि माघव घिमिरेको निवासमा शुक्रवार नै पुगेर साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा घिमिरेको गौरी खण्डकाव्यका लागि नगद १० हजार रोयल्टी प्रदान गरेका छन्। माधवी उपन्यासका स्रष्टा मदनमणि दीक्षितलाई पनि लेखकस्व स्वरुप नगद १० हजार प्रदान गरिएको छ।satyamohan-joshi

बैरागी काइँलाको धुमबाराहीस्थित निवासमा पनि कृतिको रोयल्टी पुर्याई दिने कार्य साझावाट भएको छ। बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बासुदेव त्रिपाटी, गीता केशरी, कृष्ण गौतम, मोहन वैद्य चैतन्य, डा.ध्रुवचन्द्र गौतमलगायतलाई पनि साझा प्रकाशनले रोयल्टी स्वरुप दशैं खर्च उपलव्ध गराएको राससले जनाएको छ।

प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार ।

Similar Posts