Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
ललितपुर । कोरोनाको वर्तमान विषम कहरमा नर्सको जागिर त्यति सहज र सरल छैन्। स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने नर्सको जिन्दगी वास्तवमा भन्ने हो भने, डाक्टरको भन्दा बढी खतरा छ।
अस्पतालमा भर्ना भएका विरामीलाई नजिकवाट स्याहार गर्नुपर्ने अनि डाक्टरको अघिपछि लागेर हेल्परको रुपमा स्वास्थ्य सेवा दिने कार्य कोरोनाको कहरमा अत्यासलाग्दो हुनु स्वभाविक हो। यो स्वभाविकतामा पनि विश्वभर कार्यरत लाखौं लाख नर्सहरु जिन्दगीलाई हत्केलामा राखेर सेवारत रहेका छन्।
ती तमाम नर्सहरुको प्रतिनिधित्व गर्ने एक नेपाली नर्सको नाम हो–अभिरुचि बुढाथोकी ! ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा कार्यरत अभिरुचिको अनुभवमा नर्सको जिन्दगीको यो कोरोनाको कहरमा हरपल कठिन रहेको छ।
त्यो कठिनतामा पनि कर्तव्य महत्वपूर्ण हो भन्ने अभिरुचिको ड्युटी पाटन अस्पतालको प्रसुति विभागमा रहेको छ। लकडाउनको अवस्थामा बच्चा जन्माउन आउने महिलाहरुको पिडा अनि छटपटाहट देख्दा जिन्दगी जन्माउन कति कठिन हुन्छ अनि यही जिन्दगी कोरोनाले कति धेरै गंभीरतामा पुर्याउने गरेको भन्ने दुवै यथार्थता हरदिन आफूले देखिरहेको अभिरुचिको भनाई रहेको छ।
त्यो कठोरता अनि कठिनतालाई पनि आत्मसात गरेर नर्सको जिन्दगीमा रमाइरहेकी अभिरुचि यो आफूहरुको स्वभाविकता हो भन्छिन्। सुरक्षाका सवै कवच अपनाएर ड्युटी गर्दापनि ड्युटी सकेर घर जान पनि डर लाग्ने र संक्रमण पो हुने हो कि भन्ने भित्रभित्रै आशंका हरेक नर्समा हुने गरेको तथ्यलाई उजागार गर्दै पूर्ण स्यानिटाइजरिङ गरेर मात्र घरभित्र प्रवेश गर्ने गरेको अभिरुचिले बताएकी छन्।
चलचित्र चित्कारमा बाल कलाकार बनेर सानो उमेरमा नै कलाकारिता गरेको वताउने अभिरुचि महानायक राजेश हमालको ग्रेट फ्यान पनि हुन। सानै उमेरमा कुनैवेला महानायक राजेश हमालसंग विवाह गर्छु भनेर हमालसंगै रोइकराइ गर्ने अभिरुचिलाई हमालले नै संझाएर ठूलो मान्छे बन्नुपर्दछ भनेर प्रेरित गरेका थिए।
हमालको प्रेरणावाटै नर्सिङ पेशामा लागेका अभिरुचिको रुचि नर्सिङ पेशाको अलावा कलाकारिता र मोडलिङ पनि हो। नर्सिङ पेशावाट फुर्सद पाएको समय कलाकारिता तथा मोडलिङ गर्ने कार्य अभिरुचिले गर्दैआएकी छन्। Photo By-Kabindra Man Shakya.