काठमाडौं। नेपाल संवत अनुसारको नयाँ बर्ष ११३९ को नयाँ क्यालेण्डर प्रकाशित भएको छ। क्रियटिभ दि स्टुडियोको आयोजनामा नेपालका बरिष्ठ फोटोग्राफर  राजभाई सुवालले उक्त क्यालेण्डर प्रकाशित गरेका हुन्।

 नेपाल संवत  ११३९ को उक्त क्यालेण्डर बरिष्ठ फोटोग्राफर राजभाई सुवाल,  ज्योतिष ज्ञानेन्द्र प्रसाद जोशी, मिस नेवाः  सुनिता डंगोल तथा क्यालेण्डरकी मोडल सृष्टि महर्जनले एकसाथ संयुक्त रुपमा विमोचन गरेपछि सार्वजनिक भएको हो।

मानिस तथा प्राणीमात्रको लागि पाँच पञ्चतत्व पानी, आगो, हावा, आकाश र धर्तीको महत्व र आवश्यकतालाई दर्शाएर चित्ताकर्षक ढंगवाट खिचिएको फोटो यो क्यालेण्डरको विशेषता रहेको छ।

नेपाल र नेपालीको मौलिक अनि आफ्नो टिपिकल संवत नेपाल संवत अनुसारको यस क्यालेण्डरमा तिथिमिति देखि विक्रम संवत तथा इस्वी संवतलाई पनि मज्जाले हेर्न पाइन्छ।

क्यालेण्डर स्वदेश तथा विदेश सर्वत्र पठाउने कार्य भएको आयोजक बरिष्ठ फोटोग्राफर राजभाई सुवालले बताएका छन्। फोटोग्राफर सुवालले प्रत्येक नेपाल संवत अनुसारको नयाँ बर्षमा यसरी क्यालेण्डर निकाल्न थालेको यो बर्षवाट १८ बर्ष पुगिसकेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक ८ गते विहीवार ।