काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मज्जाले नेपाली गायिकाको गायनको खुलेर तारिफ गरेका छन्।

नेपालको शास्त्रीय साङ्गीतिक समूह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको गायन शिल्पीको प्रधानमन्त्री मोदीले सोमबार अपरान्ह ट्वीटमार्फत तारिफ गरेका हुन्।
प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमार्फत गान्धीको उक्त प्रिय भजनले नेपाल र भारत दुबै देशको मूल्य–मान्यतालाई प्रतिविम्बित गरेको बताएका छन् ।

गायिका खत्रीको स्वरमा रेकर्ड गरिएको महात्मा गान्धीका प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ सुनेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्—‘गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको छ।’

विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाउन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको आतिथ्यमा राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा गायिका खत्रीले उक्त भजन गाएकी थिइन् ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ६ गते मंगलवार ।