चितवन। बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने भएका छन्। महानायक बच्चनले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्।

अमिताभ बच्चनले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा सहयोग गरेका थिए। उनले ऋण तिर्न नसकेर आत्महत्याको कदम उठाउन बाध्य किसानलार्इ रोक्न आफूले ऋण तिरिदिने निर्णय गरेको उल्लेख गरेको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

यसअघि आन्ध्र प्रदेश र विदर्भका किसानको ऋण पनि महानायक बच्चनले तिरिदिएका थिए। पछिल्लो समय युपीका किसान ऋण समस्यामा रहेको जानकारी पाएपछि अमिताभले ५.५ कराड भन्दा बढी ऋण रकम तिरेर सहयोग गर्ने बताएका हुन्।

कौन बनेगा करोडपति कार्यक्रमका सञ्चालक समेत रहेका अमिताभले गरिबलार्इ सहयोग गर्न पाउँदा आफूलार्इ सन्तुष्टि मिल्ने बताएको भारतीय समाचार माध्यमले जनाएको छ।
अमिताभ बच्चनले केही दिनअघि महाराष्ट्रका ४४ सहिद परिवारलार्इ पनि आर्थिक सहयोग गरेका थिए।
प्रकाशन मिति–२०७५ साल कात्तिक ३ गते शनिवार ।