काठमाडौं। बलिउड फिल्मको इतिहासमा निरन्तर एउटै फिल्म एउटै हलमा २३ बर्ष लगातार चलेको फिल्म शाहरुख खान र काजोल अभिनित फिल्म बन्न पुगेको छ।

शाहरुख खान र काजोलले अभिनय गरेको फिल्म दिलवाले दुल्हनिया ले जायेँगेले बुधवार निरन्तर प्रदर्शनको २३ बर्षको रेकर्ड राखेको छ। यो रेकर्ड भारतको मुम्बई स्थित मराठा फिल्म हलमा प्रदर्शनको रेकर्ड राखेको हो।

सन् १९९५ मा रिलिज भएको फिल्म दिलवाले दुल्हनिया ले जायेँगले एउटै हलमा निरन्तर प्रदर्शनको २३ वर्ष पूरा गरेपछि अभिनेता शाहरूख खानले ट्वीट गरेर सबैलाई आभार व्यक्त गरेका छन्।

त्यसैगरी अभिनेत्री काजोलले पनि ट्वीटरबाट सवैलाई आभार तथा धन्यवाद व्यक्त गरेकी छन्। यस फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक ८ गते विहीवार ।