काठमाडौं। नेपाली फिल्मकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले गोदावरी टौखेल स्थित निवासमा हरेक बर्ष धुमधामका साथ मनाउंदै आएको होली पर्व यो बर्ष नमनाउने भएकी छन्। देशमा कोरोनाको सन्त्रास फैलिरहेकाले करिश्माले होली नमनाउने निर्णय गरेकी हुन्।

सरकारले पनि सभा–सम्मेलन तथा भिडभाडका कार्यक्रम नगर्न आग्रह गरेकोले करिश्माले यो बर्ष आफ्नो निवासमा गरिदैआएको होली पर्व कार्यक्रम क्यान्सिल गरेको बताएकी छन्। कोरोना भाइरसका कारण होलीमा पानी र रंगसँग नखेल्न पनि चिकित्सकहरुले सल्लाह दिइरेहकाले आफूले होली नमनाउने निर्णय गरेकी करिश्माको भनाई छ।

होली नमनाउने भएपछि करिश्माको होलीमा खर्च हुने रकम स्वर्गिय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छन्। करिश्माले सोमवार भट्टराई परिवारलाई १ लाख १ सय १ रुपैयाँ सहयोग गरेकी हुन्।


प्रकाशन मिति–२०७६ साल फागुन २२ गते विहीवार ।