काठमाडौ । भारतका विश्वविख्यात अविवाहित नायक सलमान खानले विज्ञापनमा अभिनय गरेवापत एकदिनको पारिश्रमिक ७ करोड राखेका छन्। सोही रेट बमोजिम सलमान खानले नयाँ रिलिज हुन लागेको एक मोवाइल कंपनीको मोवाइलको विज्ञापनमा अभिनय गरेका हुन।

उक्त विज्ञापनमा अभिनय गर्न विभिन्न स्थानका विभिन्न सट सहित गर्दा कुल पाँच दिन लागेको छ। यस हिसावले उक्त विज्ञापनमा अभिनय गर्दा ३५ करोड पारिश्रमिक सलमानले बुझेको भारतीय समाचार माध्यमहरुको दावी रहेको छ।

सलमान खानका धेरै फ्यान फलोअर्स छन् । त्यसैले सलमानलाई मोवाइल कम्पनीले महंगो पारिश्रमिक तिरेर विज्ञापनमा अभिनय गराएको हो। सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले सलमानलाई एम्बेस्टर बनाएको हो। सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे’ रिलिजको तयारीमा छ । यस चलचित्रपश्चात् सलमानले ‘कभी इद कभी दिवाली’मा काम गर्ने भएका छन् ।
प्रकाशन मिति–२०७६ साल फागुन २२ गते विहीवार ।