काठमाडौं। एक दशक अगाडि हेराई ज्यानमारा नामक गीति–एल्बम निकालेर व्यापक चर्चामा आएकी गीतकार स्रष्टा तथा अभिनेत्री पूजा गुरुङ फेरि चर्चामा आएकी छन्। यतिखेर पूजा गुरुङ कुनै एल्बमका कारण नभइकन व्युटी प्याजेन्टका कारण हो।

एसके इन्टरटेन्टमेन्टको आयोजनामा अघिल्लो साता आयोजित विवाहिता गुरुङ सुन्दरी महिलाहरु वीच आयोजित मिसेस गुरुङ व्युटी कन्टेस्टमा मिसेस गुरुङ फस्ट रनरअप बनेपछि पूजा गुरुङ फेरि चर्चामा आएकी हुन।

२२ जना विवाहिता गुरुङ सुन्दरी महिलाहरु वीच भएको प्रतिस्पर्धात्मक कला तथा संस्कृतिको अनुपम संगमको रुपमा आयोजित मिसेस गुरुङ २०२० मा मिसेस गुरुङ फस्ट रनरअपको अलावा मस्ट पपुलर तथा बेस्ट वाक दुई थप टाइटल अवार्ड पनि जित्न पूजा गुरुङ सफल भएकी थिइन्।

गुरुङ कला–संस्कृतिलाई सहज तथा सरल ढंगवाट प्रस्तुत गरेर गुरुङ विवाहिता महिला हुनुको गौरबतालाई थप उचाई प्रदान गर्ने गरेर सवैको मन जित्न सफल स्रष्टा अभिनेत्री पूजा गुरुङले मिसेस गुरुङ हुन नपाएपनि मिसेस गुरुङ फस्ट रनरअप हुन पाउंदा अत्यन्त आत्मिक संतुष्टि मिलेको प्रतिक्रिया व्यक्त गरेकी छन्।

महिनौ दिनदेखि गरेको मेहनत तथा आत्म विश्वास नै आफ्नो सफलताको रहस्य भएको पनि पूजा गुरुङले खुलासा गरेकी छन्। यसअघि मिसेस मंगोल २०१९ मा बेस्ट वाकको टाइटल अवार्ड जित्न सफल स्रष्टा तथा अभिनेत्री पूजा गुरुङले चलचित्र रिङरोडमा आमाको अविस्मरणीय भूमिकामा गजबको अभिनय गरेकी छन्।

त्यस्तैगरेर, अर्को चलचित्र सौभाग्यमा भने, खलनायिकावाट नायिका बन्ने रोल गरेकी छन्। यी दुई चलचित्रको फरक भूमिका तथा रोलमा स्वभाविक ढंगवाट अभिनय गर्ने कार्य पूजा गुरुङवाट भएको छ। ७० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी पूजा गुरुङको भारतको देहरादूनमा जन्म भएको हो।

पिता इण्डियन आर्मी भएको कारण देहरादूनमा पिताजीको पोस्टिङ भएको समयमा देहरादूनमा नै आफ्नो जन्म भएको बताउने पूजा गुरुङको थाकथलो भने पश्चिम नेपालको स्याङ्जा जिल्ला हो। जन्म देहरादूनमा भएतानि स्याङ्जामा हुर्की बढे्की पूजा गुरुङको शिक्षादिक्षा पनि त्यतै भएको हो। हाल कर्मथलो काठमाडौंमा रहेकी पूजा गुरुङको अर्को रुचिको विषय भनेको समाज सेवा पनि हो।

कलाकारिता तथा व्यापार व्यवसायवाट फुर्सदको समयमा विभिन्न माध्यमवाट समाज–सेवा गर्ने कार्य पनि पूजा गुरुङवाट हुदैआएको छ। असहाय, अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सेवा दिन पछि परेकी छैनन्। मरेर लानु केही छैन, बाँचुञ्जेलीको लागि त हो भन्ने महान विचारकी धनी स्रष्टा तथा अभिनेत्री पूजा गुरुङ सवैको खुशीमा नै आफ्नो सुख देख्ने गर्छिन्। यसैमा उनी आफूलाई सुखी पाउंछिन्।


प्रकाशन मिति–२०७६ साल फागुन २० गते मंगलवार ।