एसियाकै सर्वाधिक धनी मुकेश अम्बानीव्दारा बुहारीलाई सुनको कार उपहार

0 minutes, 0 seconds Read

काठमाडौं। भारतीय रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै सर्वाधिक धनी मुकेश अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ व्यापक चर्चामा आउने गर्दछन्।

गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि चर्चा–परिचर्चा चलेको थियो। मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीले आफ्नी बुहारी श्लोकलाई अनौठो सुनको कार नै उपहार दिएका थिए।

उक्त सुनको कार सिधै दुबईबाट भारत ल्याइएको थियो। उक्त कारको मूल्य ४१० मिलिनियम रहेको छ। मुकेश अम्बानी पनि कारका सौखिन हुन्। जससँग १७० भन्दा बढी कारको विशाल संग्रह नै रहेको भारतीय समाचार माध्यमहरुको दावी नै रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन ११ गते शनिवार ।

Similar Posts