काठमाडौ र ललितपुरका स्कुल अगाडि राखिएको बम विष्फोट–मानविय क्षति भएन

0 minutes, 0 seconds Read

bomb-disposalकाठमाडौ। एका विहानै काठमाडौका केही विद्यालय अगाडि बम विष्फोट भएको छ। काठमाडौको बौद्ध तथा जोरपाटीका दुई विद्यालय आकाशव्दीप बोर्डिङ्ग स्कुल र मनकामना उच्च माविमा बम विष्फोटन भएको प्रहरीले जनाएको छ।

विष्फोटवाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ। ती स्कुलहरुमा सामान्य क्षति पुगेको छ। त्यसैगरेर, आज विहानै ललितपुरको सानेपा स्थित रेडियन्ट एकेडेमीको गेटमा राखिएको बम डिस्पोज गरिएको छ।

बम राखिएका स्कुल गेटहरु अगाडि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ। शान्ति क्षेत्र मानिएको स्कुल क्षेत्रमा यसप्रकार गरिएको आतंकको सर्वसाधारणले निन्दा तथा भत्सर्ना गरेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।

Similar Posts