चरिकोटमा भूकम्पको पराकम्पवाट भागदौड मच्चियो–काठमाडौमा असर परेन

0 minutes, 0 seconds Read

Earthquake in Dolakhaकाठमाडौ। आज शनिवार साँझ दोलखा केन्द्रविन्दू भएको भूकम्पको पराकम्पले दोलखाको चरिकोटमा ठूलै असर परेको छ। साँझ ७ बजेर ५५ मिनेटको समयमा गएको पराकम्ले दोलखालाई मज्जाले हल्लाएपछि चरिकोटबासीको सातोपुतलो उडेको चरिकोट स्थित स्थानिय समाचारदाताले बताएको छ।

दोलखा केन्द्रविन्दु भएको ३.९ रेक्टर स्केलको भूकम्पको कडा धक्काले चरिकोटका घर तथा अन्य भौतिक पूर्वाधार हल्लिएपछि स्थानिय वीच भागदौड मच्चिएको थियो। यसो भएतापनि खासै कुनै क्षति नभएको बताइएको छ। काठमाडौमा भने, दोलखा केन्द्रविन्दु भएको यस भूकम्पको पराकम्पको कुनै असर देखिएन।
प्रकाशन मिति–२०७३ साल असार ११ गते शनिवार ।

Similar Posts