Bajhanga District Mapकाठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा बुधवार लगातार भूकम्प गएको छ। राससका अनुसार बुधवार दिउंसो २ बजेर ५५ मिनेटमा पहिलो र साँझ ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको थियो।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ। भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका
थिए।
प्रकाशन मिति–२०७३ साल असार १५ गते बुधवार ।