तीन दिन लगातार ट्राफिक जाममा फसेर इन्डोनेसियामा १२ जनाको मृत्यु

0 minutes, 0 seconds Read

Indonesiya traffic jamकाठमाडौ। लगातार तीन दिनको ट्राफिक जाममा परेर इन्डोनेसियामा १२ जनाको शनिवार मृत्यु भएको छ। थकान तथा हैरानीको अलावा पानी पिउन समेत नपाएर उनीहरुको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।

जाभा व्दीपमा रमजान महिनाको अन्तिम छुट्टी मनाउन निस्किएका मानिसहरुको संख्या अधिक भएकोले एउटै ट्राफिक सिग्नलमा सवारी साधनको लामो जाममा लाखौं मानिस फसेका हुन्।

यस जाममा फसेर मृत्यु हुनेहरुमा बृद्धबृद्धाहरुको संख्या नै बढी रहेको छ। एक बच्चीको भने सवारी साधनवाट निस्किएको विषाक्त ग्याँसका कारण निधन भएको समाचार एजेन्सीहरुले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असार २५ गते शनिवार ।

Similar Posts