Nhuchhe Bajr 1काठमाडौ। रहर तथा शौख पनि गजबका हुन्छन्। त्यो रहरले कतिको जीवनमा भने आत्मिक रुपमा निक्कै संतुष्टि पनि दिलाउने गरेको छ। जुन तथ्यलाई काठमाडौ टेकुका न्हूच्छेरत्न बज्राचार्यले उजागर गरेका छन्।

पचास बर्षे बज्राचार्यले पाँच बर्षअगाडि आफू हजुरबुवा भएको दिन बायाँ हातको पाखुरीमा भगवान बुद्धको टाटु खोपाउने रहर पालेका थिए। त्यो रहर बज्राचार्यले यसैपाली पूरा गर्न पाएका छन्। जेठो छोरोको तर्फवाट केही हप्ताअगाडि नातिको जन्म भएपछि आफू हजुरबुवा भएको खुशीयालीमा पाँच बर्षदेखि पालेको रहरलाई यसै हप्ताको मंगलवार पूरा गरेका छन्।

Nhuchhe Bajr 3

भगवान बुद्धको अनुयायी भएको तथा बुद्धलाई सनातनदेखि मान्दैआएको कारण भगवान बुद्धलाई बायाँ हातको पाखुरीमा टाटुको माध्यमवाट अंकित गर्न पाउंदा संसारकै अत्यन्त भाग्यमानी भएको प्रतिक्रिया भिजन संसारसंगको कुराकानीमा बज्राचार्यले बताएका छन्।

टेकुस्थित गुरुजु स्टोरका प्रतिष्ठित व्यापारी समेत रहेका बज्राचार्य सनातन कर्मकाण्ड गर्दैआएका पुरोहित पनि हुन्। १ सय ५० भन्दा बढी जजमानहरुकोमा मर्दापर्दा तथा विहे–ब्रतबन्धको कर्मकाण्डी पूरा गरिदिने कार्य पनि बज्रचार्यले गर्दैआएका छन्।

Nhuchhe Bajr 2प्रकाशन मिति–२०७३ साल असार २४ गते शुक्रबार ।