दिल्लीवाट काठमाडौका लागि उडेको नेपालको ध्वँजावाहक विमान ठूलो दूर्घटनावाट बच्यो

0 minutes, 0 seconds Read

nepal-airlinesकाठमाडौ। भारतको नयाँदिल्लीवाट काठमाडौका लागि उडेको नेपालको ध्वँजावाहक नेपाल बायुसेवा निगमको विमान ठूलो दूर्घटनावाट बचेको छ।

गएराति ८ बजे दिल्लीवाट १ सय ६० जना यात्रु लिएर काठमाडौको लागि उडेको निगमको आरए २९८ नंबरको विमान उडेको ३२ मिनेटमा नै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो।

विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए। त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो।

विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो। अवतरण गर्ने क्रममा विमानको टायर पडि्कएको जनाइएको छ। विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको अधिकारीहरुले जनाएका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।

Similar Posts