काठमाडौ। आइतवार तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ। देशको उत्तर–पश्चिमी क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको ५ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरुको मृत्यु भएको हो।

earthquake-in-tanzaniyaभूकम्पमा परेर १ सय ९२ जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण त्यहाँको भौतिक संरचनामा ठूलो क्षति भएको छ। भूकम्पले बुकोबा शहर बढी प्रभावित छ । ७० हजारभन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घर भत्किएका छन्।

भूकम्पको धक्का छिमेकी मुलुक केन्या, युगान्डा, रुवान्डा र बुरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उद्दार र राहतको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन्। तान्जानियामा पछिल्लो एक दशकमा आएको यो शक्तिशाली भूकम्प हो। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल भदौ २६ गते आइतवार ।