प्रेसमाथिको दमन बन्द गर

0 minutes, 0 seconds Read

काठमाडौं। २६ औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्‍याली निकालेको छ। काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्‍याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो।

र्‍यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन्।

महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको भन्दै त्यसका विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पत्रकार महासंघले आजको दिन सात प्रदेश र सबै जिल्लाहरुमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे र्‍याली निकालेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १८ गते बुधवार ।

Similar Posts