बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने

0 minutes, 1 second Read

Teejलण्डन। हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा आगामी अगष्ट २८ तारिखका दिन बेलायतको अल्पटनमा तीज विशेष कार्यक्रम हुने भएको छ। कोडेक युकेले अल्पटन कम्युनिटी स्कुलमा तीजको कार्यक्रम गरिने तय भएको आयोजकले बताएको छ।

तीज कार्यक्रमका लागि १५ पाउण्ड शुल्क तोकिएको छ। तर ७ देखि १२ वर्षका लागि १० पाउण्ड र ६ वर्ष मुनिकालाई नि:शुल्क प्रवेश दिइने आयोजकले जनाएको छ। कार्यक्रममा आकर्षक सांस्कृतिक कार्यक्रम र डीजे डान्स देखाइने भएको छ । आयोजकले १५ तारिखभित्र टिकट लिन पनि अनुरोध गरेको छ ।

Teej.1

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिनेछ–CODEC-UK email: info@codec-uk.org

शंकर ०७७३५४०९६६६ मिलन ०७९०७२९२०१६ राम ०७७४४६४१६८२७२८५ अम्बिका ०७४४६८२७२८५
प्रकाशन मिति–२०७३ साल साउन २९ गते शनिवार ।

Similar Posts