Lions

काठमाडौ। लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय मुलुकमा क्रियशील रहेको छ। विश्वभर ४६ हजार लायन्स क्लब र यसका सदस्यहरु हालसम्म १४ लाख पुगिसकेका छन्। नेपालमा भने ७ सय क्लवहरु सक्रिय रहेको शनिवार काठमाडौमा आयोजित कार्यक्रममा बताइयो। लायन्स क्लव अफ काठमार्डाै बालाजुको स्पोन्सरमा लायन्स क्लव अफ काठमाडौ स्वनिगःको परिचयात्मक कार्यक्रममा सहभागीहरुले लायन्स क्लवको महत्व र यसको आवश्यकता माथि प्रकाश पारेका थिए।

Lions Swoniga 1लायन्स क्लब भनेपछि विशेषत नेपालमा धनीहरुको संस्था भन्ने गरिएको अवधारणालाई पनि कार्यक्रममा छलफलको विषय बन्यो। कार्यक्रमका परिचालक लायन्स सुमन भट्टले लायन्स क्लब धनीहरुको मात्र संस्था भएको एकप्रकारले जनमानसमा परेको छाप सही भएको र यसको सदस्य बन्न पैसा नभइकन नहुने भएकोले त्यसप्रकारको छाप परेको हुनुपर्ने राय व्यक्त गरे।

Lions Swoniga 3लायन्स भट्टले लायन्स क्लव धन हुने धनीहरुको संस्था मात्र नभइकन मनका धनीहरुको संस्था पनि भएको जिकिर गरे। धन र मन दुवैको समिश्रणवाट विश्वभर समाजसेवा गर्ने कार्य लायन्स क्लववाट हुदैआएको पनि उनले बताए। लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट तारा प्रसाद कसजुले निकट भविष्यमा चाँडै नै आक्रमक रुपमा लायन्स क्लव अफ काठमाडौ स्वनिगःले सामाजिक कार्य गरेर देखाउने प्रतिवद्धता जनाए। जसमा लायन्स क्लव अफ काठमाडौमा स्वनिगःमा आवद्ध सवै चार्टर सदस्यहरुको साथ र सहयोग पाउने अध्यक्ष कसजुको रहेको छ।

Lions Swoniga 2सन् १९१७ जुन ७ का दिन अमेरिकाको सिकागो निवासी मेल्विन जोन्सनले लायन्स क्लव अफ इन्टरनेशनलको स्थापना गरेका थिए। शक्ति, साहस, इमान्दारिता र कर्मप्रति प्रतिवद्ध रहनु नै लायन्सको प्रमुख नारा रहेको छ। जुन नारालाई आत्मसात गर्ने कार्य नेपाल लगायत विश्वभरका लायन्सहरुले गर्दैआएका छन्।
प्रकाशन मिति–२०७३ साल साउन २९ गते शनिवार ।