Ganga-mayaकाठमाडौ। नेपालका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोराको हत्यारालाई पक्राउ गर्न पांच दिनको अल्टिमेटम दिएकी गंगामाया अधिकारीको त्यो अल्टिमेटमलाई दाहाल सरकारले पटकै मतलव नगरेपछि अधिकारीले विहीवारदेखि बीर अस्पतालमा औषधि र पानीसमेत त्यागेर जटिल आमरण अनशन शुरु गरेकी छन्।

प्रधानमन्त्रीको बाउ आएपनि अव आफूवाट यस अनशन नत्याग्ने बताएकी छन्। आफू मर्न तयार भएर बसेको मान्छेलाई अव कसैको आश्वासनले केही नहुने र ६ बर्षदेखि स्लाइनमा औषधि र पानीको भरमा अनशन बस्दैआएकी अधिकारीको श्रीमान नन्दप्रसाद अधिकारीको अनशन बसेको ३ सय ३४ दिनका दिन मृत्यु भएको थियो।

जसको शव हालसम्म बुझिएको छैन्। नन्दप्रसादको शव अझैपनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ। दोषीलाई कारवाही नभएसम्म नन्दप्रसादको दाहसंस्कार नगरिने अधिकारीको अडान रहेको छ। वि.सं.२०६१ सालमा गंगामाया र नन्दप्रसादका १७ बर्षे छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादीले अपहरण गरेर मारेको गंगामाया दम्पतिको जिकिर रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन २८ गते शुक्रबार ।