Newari Bhoj 4काठमाडौ। लायन्स क्लव अफ काठमाडौ समृद्धिको आयोजना स्वयम्भु स्थित महामञ्जुश्री मन्दिर परिसरमा बृहत परम्परागत सांस्कृतिक कार्यक्रम सहित नेवारी भोज कार्यक्रम संपन्न भएको छ।

Newari Bhoj 3

परम्पराको जगेर्ना तथा मौलिकतालाई नयाँ पुस्तामा कायम गर्ने उदेश्यले त्यसप्रकारको कार्यक्रम गरिएको लायन्स क्लव अफ काठमाडौ समृद्धिका चार्टर मेमबर डेविड श्रेष्ठले बताएका छन्। करिब तीनसय जनाको सहभागिता रहेको रमाइलो लाभलाग्दो सांस्कृतिक कार्यक्रममा लाखे नाच, धिमे नृत्य तथा भैरब र कालीको उन्मुक्त नृत्यले सवैलाई रोमान्चित बनाएको थियो।

Newari Bhoj 5

भैरबको अदभूत अवतार बनेका चर्चित डान्सर स्वजन रघुबंशी नेतृत्वको टोलीको प्रस्तुतिलाई सवैले मन पराएका थिए। नेवारी टुच्चा सहितको भोज कार्यक्रममा नेवारी भोज खाएर रमाउने नेवारहरुभन्दा गैह्रनेवारहरु वढी देखिएका थिए।

Newari Bhoj 1Photo By-Amar Deep Ranjit

प्रकाशन मिति–२०७३ साल साउन २४ गते सोमवार ।